Saturday, January 5, 2019

प्रथम जैमिनी महोत्सव- २०७५, प्रस्ताव पुस्तिका

प्रथम जैमिनी महोत्सव- २०७५, 
कुस्मिसेरा, बागलुङ
 पृष्ठभुमिः
       वागलुङ जिल्लाको सदरमुकाम वागलुङ बजारदेखि २१ किलोमिटर दक्षिणमा रहेको वागलुङ जिल्ला संघिय निर्वाचन क्षेत्र नं. १ को दोश्रो ठुलो व्यापरिक केन्द्र कुस्मिसेरा बजार जैमिनी नगरपालिकाको केन्द्रको महत्वपुर्ण दक्षिण भेक प्रवेश द्धार हो । अविरल  बगिरहने ठेउलेखोला र टिमुरखोलाको संगम स्थलमा अवस्थित यस वजारको पुर्वमा सालिकराम कुद्ने सिपालु कालगीण्डकी नदि र त्यसको तटमा प्रसिद्ध तपश्वी ऋषि जैमिनीले तपश्या गरेको पवित्र स्थल जैमिनीघाट पर्दछ । पश्चिममा अनेकौको संजिविनी वुटिले युक्त घना जंगल र त्यसको घााटीमा मनोरम गाजाको दह पर्दछ । बजारको उत्तरमा पसिद्ध भैरमस्थान मन्दिर दक्षिण पश्चिमा थन्थापी माईको पवित्र मन्दिरका साथै अग्लो हााडिकोट धुरीजस्ता महत्वपुर्ण प्राकृतिक धार्मिक र साास्कृतिक सम्पदाहरु यस नगरपालिकालाई चिनाउन सकिने जिल्लाकै गौरव गर्ने लायकका धार्मिक साास्कृतिक र पर्यटकीय स्थानहरु हुन ।
 पृष्ठभुमि
        चारैतिर मनोरम प्राकृतिक स्रोत साधानले युक्त यस क्षेत्र विभिन्न जात जातीहरुको बसाइको कारण  पनि साास्कृतिक दृष्टिले समेत महत्वपुर्ण मानिन्छ । तल्लो भेगमा देव स्थल मध्ये भागमा दैवी क्षेत्र शिरमा शैवी क्षेत्र हुन यस नगरपालिकाको एवं यस क्षेत्रको विशेषता हो । जात जातिगत विविधता रहेको यस क्षेत्र सालै जा,े झ्याउरे -झाम्रे) सोरठी, भजन, बालन आदि जस्ता साास्कृतिक सम्पदा र हाते झोला, खुर्पेटो, चोयााको डोका, नाम्लो आदि जस्ता घरेलु समग्री मह, लप्सी, भाागो, मुला विउ, कफी, आलु, सुन्तला, अदुवा, वेसार, अलैची आदि जस्ता कृषिजन्य उत्पादन यस क्षेत्रका मुख्य उत्पादन हुन ।
        वागलुङ जिल्ला जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारमा आयोजना हुन थालेको प्रथम जैमिनी महोत्सव सदियौ देखि जैमिनीघाटमा लाग्दै आएको माघेसक्रान्ति मेला माघ १ गते कालीगण्डकी नदीको तिरमा लाग्ने मेलाको निरन्तरतामा क्रम भङगता हो । सयौं वर्ष पहिला बाट ज्यामिरघाटमा लाग्ने मेला बि.सं. २०४८ सालमा प्रहरी ईनेस्पेक्टरको हत्यापछि श्री हिमालयन आ.मा.वि.को पहलमा कुस्मिसेरा बजारमा सारिएको र श्री शान्ति मा.वि. खेलमैदानमा गरिदै आएको थियो वि.सं. २०५७ देखि बजार व्यवस्थापन समितिले गर्दै आएको थियो भने वि.सं. २०७० देखि र नेपालको राज्य पुर्नसंरचना पछि जैमिनी नगरपालिकाको स्थापना संगै सहारा क्लव कुस्मिसेराले ५ पटक सम्मको मेला सम्पन्न गरेको अनुभव सहित प्रथम जैमिनी महोत्सव २०७५ संम्पन्न गर्न गइरहेको छ ।
        यस क्षेत्रको कला संस्कृतिलाई जिवन्त राख्न खेलकुदका माध्यमवाट आपसी सद्भाव अभिवृद्धि गर्न र यस क्षेत्रका सम्पादा एवं उत्पादनलाई सम्वर्द्धन, प्रवर्द्धन गरी जैमिनी नगरपालिकाको स्पष्ट चिनारी गराउने उदेश्यले "स्थानीय कला संस्कृति तथा खेलकूदको सम्वर्द्धन कृषि उधोग व्यापार तथा पर्यटनको प्रवर्द्धन" भन्ने मुल नाराका साथ प्रथम जैमिनी महोत्सव २०७५ आयोजना गरी दक्षिण वागलुङ लाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउने उदेश्य राखिएको छ ।
        सात दिनसम्म यस क्षेत्रमा लाग्ने महोत्सवले यस क्षेत्रलाई चिनाउने महत्वपुर्ण भुमिका निर्वाहा गर्ने छ भन्ने हाम्रो विश्वास छ ।
        मेला, पुर्व तथा र महोत्सव एकल रुपमा गर्न सम्भव छैन । त्यसका निम्ति सवै पक्षको आर्थिक, भौतिक, नैतिक सहयोगको आवश्यक हुन्छ । प्रथम जैमिनी महोत्सव यिनै विविध पक्ष सम्पदा र संस्कृतिको उजागर गराउने अवसर हो भन्ने हाम्रो ठहर छ । पक्कै पनि यस महोत्सवमा धेरै भन्द धेरै जनसमुदायको सहभागिता हुनुको साथै हजारौ हजार दर्शकले अवलोकन गर्ने छन ।
वागलुङ जिल्लाको दक्षिण भेकका सवै नागरिक सहभागी हुने यस महोत्सवमा आˆनो सहभागिता जनाई आˆनो सेवा, उद्यम, व्यवसायलाई जनसमक्ष पुर्‍याउनुहुन प्रथम जैमिनी महोत्सव २०७५ प्रस्तावना पत्र तयार गरिएको छ । यस प्रस्तावना पत्र को आधारमा आफुलाई संलग्न गराई यस अवसरवाट व्यापार, व्यवसाय, कला, प्रतिभा, सम्वर्द्धन प्रवर्द्धन गर्न हार्दिक अनुरोधका लागि तपसिलका कार्यक्रमको मुख्य सहयोगी, पुरस्कार सहयोगी र प्रतियोगिता सहयोगीको रुपमा आफुलाई स्थापित गराई प्रथम जैमिनी महोत्सव सफल पारिदिनुहुन हार्दिक अनुरोध छ ।
१) मेलाको नामः प्रथम जैमिनी महोत्सव २०७५
२) स्थानः जैमिनी नगरपालिका कुस्मिसेरा बजार
३) मितिः २०७५ पौष २७ गतेदेखि माघ ३ गतेसम्म
४) खोल्ने समयः बिहान ८ बजे देखि वेलुका ८ बजेसम्म
५) अवधिः ७ दिन
६) आयोजकः सहारा क्लव
७) अनुमानित दर्शकः १ लाख
८) स्टल संख्याः ५० देखि ७०
गतिविधिः
- स्थानीय तथा वाÅय औधोगिक उत्पादन सेवा को विक्री वितरण
- वित्तीय संस्थाहरुको स्टल प्रर्दशनी
- कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशन एवं विक्री
- सूचना प्रविधि सम्वन्धी परमर्श र प्रर्दशनी र विक्री
- घरेलु तथा हस्तकला सामनहरुको प्रर्दशनी र विक्री
- व्यवसायिक, सामाजिक, संस्कृतिक संघ संस्थाहरुका सेवाहरुको जानकारी शैक्षिक सामग्री परामर्श  एवं प्रवर्द्धन
- राष्ट्रिय स्तरमा ख्यातीप्राप्त खेलकुदको प्रदर्शनी 
- स्थानीय वस्तुहरुको सुपथ मुल्यमा उपलब्धता
- विभिन्न जात जातिका सांस्कृतिक झााकी प्रदर्शन
- अटोमोवईल तथा हेवी ईक्वीपमेन्टका स्टलहरु
मेलाका थप आकर्षकहरु
- खुल्ला मेयर कप पुरुष भलिवल प्रतियोगिता
- गण्डकी प्रदेश स्तरीय लोक दोहोरीगीत प्रतियोगिता
- खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिता
- जैमिनी डान्स आईडल सिजन २
- जिल्ला स्थानीय खुल्ला भजन प्रतियोगिता
- राष्ट्रिय तथा स्थानीय कलाकार द्धारा सांगितिक कार्यक्रम
- बाल उधान रमाईलो मेला
- स्वादिष्ट परिकारयुक्त्त चमेनागृह
- एक दिनमा कम्तीमा १ झााकी प्रदर्शन
मेलाको सहयोदातालाई प्रदान गरिने सुविधाहरु
१) मुख्य सहयोगी
- मुख्य सहयोगी संस्थाको रुपमा कार्यक्रम संचालन हुने पालिका जैमिनी नगरपालिका रहने छ मुख्य सहयोगीको भुमिका आयोजक सरह सहकार्य गरी महोत्सव सम्पन्न गराउनु हुनेछ । मुख्य सहयोगीले महोत्सवमा रु १०,००,०००/- -अक्षरुपी दश लाख) सहयोग गर्ने छ ।
मुख्य सहयोगीले पाउने सुविधाहरु
- मेलाको ब्रोसरमा मुख्य सहयोगीलाई स्थान दिइने छ 
- महोत्सवको मुल व्यानर साईड व्यानर तथा मुल द्धारमा नाम अंकित गरिने छ
- प्रचार प्रसारको लागि रेडियो तथा संचार माध्यमबाट बजाईने रेडियो जिगंलहरुमा मुख्य सहयोगीको नाम उल्लेख गरिने छ ।
- मुख्य सहयोगीलाई आवश्यक पर्ने वढिमा ४० वटा पास उपलब्ध गराइने छ ।
- विभिन्न पत्र पत्रिकामा आयोजक संर्गै नाम जोडी प्रचार प्रसार गरिने छ ।
- कार्यक्रमको अवधिभरी मुख्य सहयोगीको नाम वाचन हुनेछ ।
- मुख्य सहयोगिको सल्लाहा सुझाव अनुसार अन्य कार्यमा सहकार्य गर्ने
- महोत्सव सम्पन्न समारोहमा मुख्य सहयोगी संस्था र त्यसका प्रतिनिधिहरुलाई सम्मान गरी प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिने छ 
- आपसी सहमतिमा वढीमा ३ वटा स्टल उपलब्ध गराईने छ 
- प्रमुख अतिथि र विशेष अतिथि निमन्त्रणा दिंदा समन्वय गरिने छ ।
२) मुख्य प्रायोजकः
   मुख्य प्रायोजकले मेलामा प्रायोजन वापत रु ७०००००।- -सात लाख) मेला आयोजकलाई प्रदान गर्नुहुनेछ । मुख्य प्रायोजकको रुपमा कुनै एक संस्था वा प्रतिष्ठान मात्र समावेश गरिने छ मुख्य प्रायोजकलाई महोत्सव अवधिभर आयोजक संग कार्यक्रममा सहभागी गराईने छ ।
मुख्य प्रायोजकलाई दिईने सुविधाहरुः
- मुख्य प्रायोजकलाई विशेष स्थानमा एक स्टल उपलब्ध गराईने छ ।
- मेलाको मुलद्धारमा मुख्य प्रायोजकको नाम अंकित गरिने छ ।
- मेलाको स्टेजको मुख्य ब्याकड्रपमा लोगो वा नाम समावेश गरिने छ ।
- स्थानिय रेडियो वा टेलिभिजन वाट जिंगलहरुमा मुख्य प्रायोजकको नाम उल्लेख गरिने छ ।
- मेलाभित्र आवश्यकता अनुसार मुख्य प्रायोजको व्यानर बनाई टागिने छ ।
- सवारी साधनमा टाागिने मेलाका व्यानर र पत्रपत्रिकामा मुख्य प्रायोजकको नाम अंकित गरिने छ । महोत्सवको स्थायी पास उपलब्ध गराइने छ ।
- मेलाको समापन समारोहमा उचित सम्मान सहित प्रशंसापत्र र मायाको चिनो प्रमुख अतिथिवाट प्रदान गरिने छ ।
३) सह प्रायोजकः
   सह प्रायोजक रहने पक्षले आयोजक मुख्य सहयोगीसाग सहकार्य गर्नु पर्ने छ । सह प्रायोजकले आर्थिक, भौतिक, नैतिक रुपमा सहकार्य गर्दै सहयोग स्वरुप रु ५०००००।- -पााच लाख) महोत्सवको आयोजकलाई दिनुपर्नेछ । सह प्रायोजकको रुपमा एक व्यक्ति वा संस्था मात्र हुन सक्नेछ ।
सह प्रायोजकलाई प्रदान गरिने मान तथा सुविधाहरुः
- सह प्रायोजकलाई महोत्सवमा १ स्टल उपलब्ध गराईने छ ।
- महोत्सवको स्टेजको ब्याकड्रपमा मुल व्राण्डको नाम लोगो समावेश गरिने छ । स्थायी रुपमा व्यानर राखिने छ ।
- प्रचार प्रसारका लागि रेडियो वा टेलिभिजनवाट जिंगलहरुमा वजाइने छ ।
- पत्रपत्रिकाहरु र सवारी साधनमा सह प्रायोजकको नाम उल्लेख गरी विज्ञापन गरिने छ ।
- सह प्रायोजकको आˆनो संस्थाको बजारीकरणको रणनीतिलाई आपसी सहमतिमा मेलामा समाहित गरिनेछ ।
- महोत्सवको समापन समारोहमा उचित सम्मानको साथ प्रमुख अतिथिबाट प्रशंसा पत्र र मायाको चिनो उपलब्ध गराइने छ ।
४) प्रवर्द्धकः
    महोत्सवको सफलताको लागि रु २,५०,०००।- -दुई लाख पचास हजार) भन्दा माथिको रकम सहयोग गर्ने कुनै एक संस्था वा ब्यक्तिलाई मेला प्रबर्द्धकको मान प्रदान गरिनेछ ।
मेला प्रवर्द्धकले पाउने सुविधाहरुः
- मेला प्रवर्द्धकलाई महोत्सवमा एक स्टल उपलब्ध गराइने छ ।
- महोत्सवको स्थायी पास उपलब्ध गराईनुका साथै मेला प्रवर्द्धकको नाम विज्ञापन गरिने छ ।
- कार्यक्रमको वीच वीचमा मेला प्रवर्द्धकको नाम उच्चारण गरिने छ ।
- मेला प्रवर्द्धकको व्यापारिक सहयोगका लागि प्रवर्द्धकले निर्माण गरिदिएको व्यानर स्टेजको किनारा मा राखिने छ साथै धेरै दर्शकको नजर पर्ने ठााउमा मेला अवधिभर राखिने छ ।
- मेला प्रवर्द्धकसागको आपसी समझदारीमा प्रतियोगितात्मक कार्यक्रम अवलोकन र पुरास्कार वितरणमा सहभागी गराइने छ ।
- मेलाको समापन कार्यक्रममा उचित सम्मानका साथ प्रमुख अतिथिवाट प्रशंसा पत्र मायाको चीनो प्रदान गरिने छ ।
५) प्रतियोगितात्मक प्रायोजकः
   प्रथम जैमिनी महोत्सवलाई सभ्य भव्य रुपमा सम्पन्न गराउन आयोजना गरिएका विभिन्न प्रतियोगिताहरुलाई तपसिलमा उल्लेख गरिएको रकम आयोजकलाई उपलब्ध गराउने महानुभावहरु लाई तपसिल अनुसारको मान र सुविधा उपलब्ध गराईने छ ।
५) -क) खुल्ला मेयर कप पुरुष भलिवल प्रतियोगिता प्रायोजकः 
   राष्ट्रियस्तरमा आयोजना हुने खुल्ला पुरुष भलिवल प्रतियोगिता प्रायोजकले मेलामा प्रायोजन गरेवापत रु १,७५,०००।- -एक लाख पचाहत्तर हजार) मेला आयोजकलाई सहयोग उपलब्ध गराउनु पर्ने छ । उक्त प्रतियोगिता प्रायोजकको रुपमा एक व्यक्ति वा संस्थालाई मात्र समावेश गरिने छ 
खुल्ला मेयर कप भलिवल प्रतियोगिता प्रायोजकलाई प्रदान गरिने मान तथा सुविधाहरुः
- महोत्सवको मुलद्धारमा प्रयोजकको नाम अङ्कित ब्यानर राखिने छ ।
- स्टेज वरपर खुल्ला पुरुष भलिवल प्रतियोगिता प्रायोजक नामको ब्यानर राखिने छ ।
- मेला प्रचार प्रसार संगै प्रायोजकको नाम उद्घोस साथै प्रतियोगितामा उच्चारण गरिने छ ।
- प्रतियोगिताको उद्घाटन र पुरस्कार वितरणमा प्रमुख अतिथि सहित समावेश गरिने छ ।
- मेलाको समापन समारोहमा उचित सम्मान सहित प्रशंसा पत्र र मायाको चिनो प्रदान गराईने छ ।
५) -ख) खुल्ला लोकदोहोरी गीत प्रतियोगिता प्रायोजकः
   गण्डकी प्रदेश स्तरमा आयोजना हुने खुल्ला लोक दोहोरीगीत प्रतियोगिता प्रायोजकले महोत्सवमा प्रतियोगिता प्रायोजन गरेवापत रु १,३०,०००।- -एक लाख तिस हजार) महोत्सव आयोजकलाई सहयोग प्रदान गर्नुपर्नेछ । लोकदोहोरी गीत प्रायोजक वढिमा दुई जना सम्म संस्था वा व्यक्तिले गर्न पाउने छ ।
खुल्ला लोकदोहोरी गित प्रायोजकले पाउने मान र सुविधाः
- महोत्सवको मुदद्धारमा प्रदेश स्तरको खुल्ला लोकदोहोरी गित प्रतियोगिता प्रायोजकको नाम अंकित गरिने छ ।
- स्टेज वरपर समेत लोकदोहोरी प्रायोजकको ब्यानर राखिने छ ।
- महोत्सवको प्रचार प्रसारका निर्माण सामग्रीमा नाम समावेश गरिने छ ।
- कार्यक्रम अवधिभर खुल्ला लोकदोहोरी गीत प्रतियोगिता प्रायोजकको नाम उद्घोष गरिने छ ।
- लोकदोहोरी गीत प्रतियोगिता उद्घाटन र पुरस्कार वितरणमा प्रमुख अतिथिको साथमा सहभागी गराइने छ ।
- कार्यक्रमको समापनमा उचित सम्मान सहित मायाको चिनो प्रदान गरिने छ ।
५) -ग) खुल्ला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता प्रायोजकः
महोत्सवको अवधिमा आयोजना गरिने खुल्ला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता प्रायोजकले आयोजकलाई नगद रु ५०,०००।- -पचास हजार) सहयोग प्रदान गरे वढिमा दुई जना सम्मा संस्था वा व्यक्तिले ब्याडमिन्टन प्रतियोता प्रायोजकको पद ग्रहण गर्न सक्ने छन ।
ब्याडमिन्टन प्रतियोगिता प्रायोजकले प्राप्त गर्ने मान तथा सुविधाहरुः
- ब्याडमिन्टन प्रतियोगिता प्रायोजकको नाम कार्यक्रम अवधिभर प्रसारण गरिने छ ।
- ब्याडमिन्टन प्रायोजक संस्था वा व्यक्तिले निर्माण गरेको ब्यानर प्रतियोगिता स्थलमा राखिने छ ।
- कार्यक्रम उद्घाटन र समापनमा प्रमुख अतिथिको साथमा समावेश गरिने छ ।
- कार्यक्रम अवधिमा हुने प्रचार प्रसार सामग्रीमा प्रायोजकको नाम उद्घोष गरिने छ ।
- कार्यक्रमको समापनमा उचित सम्मान सहित मायाको चिनो प्रदान गरिने छ ।
५) -घ) जिल्ला स्तरीय भजन चुड्का प्रतियोगिता प्रायोजकः
   प्रथम जैमिनी महोत्सवको सन्दर्भमा आयोजित जिल्ला स्तरीय भजन चुड्का प्रतियोगिता प्रायोजनका लागि प्रायोजकले कार्यक्रम आयोजकलाई नगद रु ५०,०००।- -पचास हजार) सहयोग गरी यो पद प्राप्त गर्न सक्नेछन । प्रायोजन गर्दा बढीमा २ जना व्यक्ति वा संस्थाले गर्न सक्नेछन ।
भजन चुड्का प्रतियोगिता प्रायोजकलाई प्रदान गरिने मान तथा सुविधाहरुः
- भलिबल प्रतियोगिता प्रायोजकलाई प्रदान गरिएका सवै मान सुविधा प्रदान गरिने छ ।
५) -ङ) जैमिनी डान्स आईडल सिजन २ः
   यस जैमिनी महोत्सवका सन्दर्भम्ाा आयोजना गरिने दोश्रो जैमिनी डान्स आईडल कार्यक्रम प्रतियोगिता प्रायोजकले महोत्सव आयोजकलाई रु ३५,०००।- -पैत्तिस हजार) सहयोग गरी बढिमा ४ जना सम्मले यो पद लिन सक्नेछन । 
जैमिनी डान्स आइडल प्रायोजकलाई प्रदान हुने मान र सुविधाहरुः
- कार्यक्रम संचालनको अवधिमा प्रायोजकको नाम उद्घोष गराइने छ ।
- कार्यक्रम उद्घाटन र समापनमा प्रमुख अतिथि सहित सहभागी गराईने छ ।
- महोत्सव प्रचार प्रसारमा नाम समावेश गरिने छ ।
- कार्यक्रमको समापनमा उचित सम्मान सहित प्रायोजक लाई प्रशंसा पत्र र मायाको चिने प्रदान गरिने छ ।























आदरणीय, सहयोग दाता ज्यू ,
       हामी उपर्युक्त प्रस्तावना पत्रका आधारमा महोत्सव सम्पन्न गर्न योजनामा प्रतिबद्ध छौं । कुनै पनि मेला समेत एकल ढंगले सम्पन्न गर्न सकिंदैन भने महोत्सव सम्पन्न गर्नु आफैमा चुनौतिपुर्ण छ । तथापि हाम्रो यो कार्यमा हातेमालो गर्न हामीसंग तपाईहरु जस्ता सहयोगी ब्यक्तित्व वा संस्थाहरु हुनुहुन्छ अतः हाम्रो यस प्रस्तावना पत्रको आधारमा आˆनो संस्थाको उद्धेश्य अनुसारको जिम्मेवारी छनौट गरी प्रथम जैमिनी महोत्सव २०७५ सम्पन्न गर्नमा यहााको अतुलनीय योगदान रहने विश्वास गर्दछौं ।
धन्यवाद ।

Thursday, May 17, 2018

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । 
नेपाल वायु सेवा निगमले नयाँ भाडादर पाँच हजार ६ सय रुपैयाँ कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा पाँच हजार ८ सय रुपैयाँ तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु ६ हजार ५ सय रुपैयाँ भाडा लिँदै आएको थियो ।

भाडा महँगो भएको गुनासो बढेपछि भाडादर घटाउन एयरलाइन्स कम्पनीलाई दबाब परेको हो । बागलुङ नगरपालिकाले भाडा समायोजनका लागि नागरिक उड्डयन प्राधिकरणसँग माग गर्दै आएको थियो । नगरपालिकाकै विशेष पहलमा बन्द भएको २६ वर्षपछि गत चैतबाट विमानस्थल सञ्चालनमा आएको हो ।

नेपाल वायु सेवा निगम र तारा एयरलाइन्सको विमानले हाल सातामा दुई पटक उडान भर्दै आएका छन् । ताराको विमानले आइतबार र नेपाल एयरलाइन्सको विमानले बिहिबार उडान भर्दैआएको छ ।

नेपाल एयरलाइन्सपछि तारा एयरलाइन्सले पनि भाडा घटाउने विश्वास लिइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । हाल ताराको भाडादर प्रतियात्रु ६ हजार ७ सय रुपैयाँ कायम छ । विमानस्थल सञ्चालनमा आएपछि बलेवा–काठमाडौँ यात्रा जम्मा ४० मिनेटमा छोटिएको छ । विमानस्थलबाट अत्यावश्वक कामकाजी व्यक्ति र बिरामीले बढी लाभ लिएका छन् ।

Wednesday, May 9, 2018

मुस्ताङमा वर्षासँगै भारी हिमपातः मोदीको मुक्तिनाथ भ्रमण के हुन्छ ?

ठिनी, मुस्ताङ - उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । 
साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । 
करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताए। हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ । 
स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन् । हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ । 

बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए । 
हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् । 
वर्षातका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ । 

रासस

Tuesday, April 17, 2018

जैमिनी नगरपालिकाद्वारा ब्यवसायीहरुलाइ ब्यवसाय दर्ता गर्न आग्रह, नगरे कारबाही गरिने

जैमिनी नगरपालिकाले ब्यवसायीहरुलाइ ब्यवसाय दर्ता गर्नको लागी आग्रह गर्दै बिना दर्ता कारोबार गरेको पाईएमा ब्यवसाय बन्द गराइ आवश्यक कानुनी कारबाही समेत गरिने चेतावनी दिएको छ ।
जैमिनी नगरपालिका भित्रका दश बटै बडाका सम्बन्धित ब्यवसायीहरुलाइ सम्बन्धित वडा कार्यलयमा गै ब्यवसाय दर्ता गराउन आग्रह गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सुवेदीले जानकारी दिए ।
ब्यवसायका लागी नगर तथा वडाको सहयोग चाहिने भएकाले नगरको सहयोगको लागी भएपनी ब्यवसाय दर्ता गर्न उनको आग्रह थियो ।
बिना दर्ता कारोबार
गरेको पाइएमा ब्यवसाय बन्द गराइ आवश्यक कानुनी कारबाही समेत गरिने प्रावधान रहेको सुवेदीले बताए ।

Thursday, April 12, 2018

नव बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना


 

मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्
नव बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना

Tuesday, April 10, 2018

कुस्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रकी एक स्टाफ नर्स १४ वर्ष देखी सम्पर्कबिहीन !



जैमिनी नगरपालिका वडा न. १ कुस्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना कर्मचारी १४ वर्ष देखि अनुपस्थित भएको भेटिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स चित्रकला शर्मा विगत १४ वर्ष देखि अनुपस्थित रहेको पाईएको हो । कुस्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी रहे पनि जैमिनी नगरपालिका ८ छिस्तीकी शर्मा विगत १४ वर्ष देखी सम्पर्कविहीन छन् ।
समाचार श्रोतका अनुसार शर्मा विदेशमा भएका कारण अनुपस्थित भएकी हुन् । पूरा कर्मचारी नहुँदा केन्द्रमा स्वास्थ्य सेवा प्रभावित हुने गरेको स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा बिरामीको चाप बढ्दा कर्मचारीको अभाव खड्कीने एक जना कर्मचारीले ईबागलुङलाई बताए ।
पछिल्लो समयमा स्वास्थ्य बिमाका कारण सामान्य बिरामी हुँदा पनि अस्पतालमा जाने गरेका कारण केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । चौबिसै घण्टा इमेर्जेन्सी सेवा सञ्चालित केन्द्रमा अहिले औषतमा दैनिक ५० जना बिरामी आउने गरेका छन् । चौबिसै घण्टा इमेर्जेन्सी सेवा र स्वास्थ्य बिमाको कारण बिरामीको संख्या बढे संगै अस्पतालमा कर्मचारीको अभाव महसूस हुने गरेकोे केन्द्रले जनाएको छ ।
स्वास्थ्य सेवा ऐन २०७२ अनुसार २ वर्ष लगातार हाजिर नभए स्वतःखारेज हुने व्यवस्था भए पनि अहिले सम्म कुनै पनि कार्वाही हुन सकेको छैन ।
यसबारेमा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले कार्वाहीको प्रक्रियामा रहेको बतायो । कार्वाहीको प्रक्रिया लामो र झन्जटिलो हुने भएको बताउँदै लामो समय अनुपस्थित हुने कर्मचारीलाई कार्वाही भने अवश्य हुने जानकारी दियो ।
केन्द्रमा २ जना डाक्टर, एक जना स्वास्थ्य सहायक, २ जना अहेब, ३ जना अनमी, १ जना ल्याब एसिस्टेन्ट र ४ जना कार्यालय सहयोगी कार्यरत छन् ।
ई-बागलुङ बा

एकै उडानमा बागलुङ नगरपालिकाले तारा एयरलाई बुझायो रु. ७१ हजार ५ सय हर्जाना !


प्रत्येक हप्ता आईतबार र बिहीवार दुई चोटी बलेवा बिमानस्थलमा तारा र नेपाल बायुसेवा बिमान कम्पनिका बिमानहरु सन्चालनमा रहेका छन् । उडान तालिका अनुसार  आईतबार काठमाडौँबाट बलेवा उडान भरेको तारा एयरको विमानले जम्मा ३ जना यात्रु लिएर बलेवा अवतरण गरेको थियो भने यताबाट काठमाडौ फर्किदा १० जना यात्रु लिएर उडान भरेको थियो ।

नगर प्रमुख जनकराज पौडेल र बिमान कम्पनि बीच भएको लिखित सम्झौतामा उल्लेख भए अनुसार बागलुङ नगरपालिकाले हिँजोको उडानमा मात्रै नपुग ११ (एघार) जना यात्रुको प्रति यात्रु रु ६ हजार ५ सयले जम्मा रु ७१ हजार ५ सय हर्जाना बुझाएको छ । यसको लागि नगरपालिकाले दुबै बिमान कम्पनिलाई रु १०/१० लाख अग्रिम जम्मा गरिदिएको छ ।
स्मरण रहोस, तारा एयरको भाडा प्रति यात्रु रु ६ हजार ५ सय कायम गरिएको छ भने नेपाल बायुसेवाको प्रति यात्रु रु ६ हजार ३ सय कायम गरिएको छ ।
बागलुङ नगरपालिकाले बिमानमा यात्रा गर्नेहरुको संख्या र नाम दिन आनाकानी गर्दै आएको छ ।
नगरवासीले तिरेको करबाट कति दिन सम्म हर्जाना तिरेर बिमान उडाउने ? आम नगरबासीको एउटै प्रश्न छ ।
ई-बागलुङ  बा

प्रथम जैमिनी महोत्सव- २०७५, प्रस्ताव पुस्तिका

प्रथम जैमिनी महोत्सव- २०७५,  कुस्मिसेरा, बागलुङ  पृष्ठभुमिः        वागलुङ जिल्लाको सदरमुकाम वागलुङ बजारदेखि २१ किलोमिटर दक्षिणमा रहेको...